Kathmandu Press

विपक्षी दलहरूले आज पनि संसदमा अवरोध गर्ने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने अडान विपक्षी दलहरुको छ। 
विपक्षी दलहरूले आज पनि संसदमा अवरोध गर्ने

काठमाडौं, चैत १४ : विपक्षी दलका नेताहरूले सदनको अवरोधलाई आज पनि निरन्तता दिने भएका छन्। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म संसदमा अवरोध कायमै रहने अडान विपक्षी दलहरुको छ। 

यही मागसहित विपक्षी दलहरूले बुधबार पनि दुवै सदनमा अवरुद्ध गरेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसदमा जवाफ दिन्न भनेर सार्वजनिक अभिव्यक्ति दिएकाले संसदको अवरोध तत्काल नखुल्ने देखिएको छ।

सभामुख देवराज घिमिरे भने सहजरुपमा संसद सन्चालनको प्रयासमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफलमा छन् ।

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, चैत १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्