६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

काठमाडौँ, चैत १४ : शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ ।
सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।
प्रकाशित मिति: ०८:५५ बजे, बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
