Kathmandu Press

यी हुन् कोरोना भाइरस संक्रमित नभएका विश्वका ३३ देश

सुन्दा अचम्म लाग्ला । तर विश्वका ३३ देश र क्षेत्रमा नोभेल कोरोना भाइरसका एक जना पनि संक्रमित छैनन्। कतिपय त साना र पुग्न कठिन हुने प्यासिफिक क्षेत्रका नाउरू, किरिबाटी ....

यी हुन् कोरोना भाइरस संक्रमित नभएका विश्वका ३३ देश
फाइल

सुन्दा अचम्म लाग्ला । तर विश्वका ३३ देश र क्षेत्रमा नोभेल कोरोना भाइरसका एक जना पनि संक्रमित छैनन्। कतिपय त साना र पुग्न कठिन हुने प्यासिफिक क्षेत्रका नाउरू, किरिबाटी र सोलोमन आइल्यान्ड्स जस्ता टापु देशहरू छन्।  

अन्य देशमा कोमोरोस, लेसोथो, ताजिकिस्तान र तुर्कमेनिस्तान पनि छन्। यीमध्ये कतिवटा त संसारकै कम जनसंख्या भएको देश पनि हुन्।

संसारभरि तीस लाखभन्दा धेरै कोरोना भाइरस संक्रमित छन्। संयुक्त राष्ट्र संघले २१४ देश र क्षेत्रमा अप्रिल २० सम्म कोभिड १९ को कम्तिमा एउटा संक्रमित देखिएको जनाएको छ। तीमध्ये १९० वटामा “लोकल ट्रान्समिसन” भएको छ। यो चरणमा समुदायभित्र भाइरस फैलिन्छ। तीमध्ये १६६ देशमा संक्रमितको मृत्यु पनि भएको छ।

Hardik ivf

उत्तर अमेरिका र मध्यपूर्वका सबै देशमा कम्तिमा एक जना कोभिड-१९ संक्रमित भेटिएका छन्। कुनै देशले संक्रमित नभेटिएको बताए पनि त्यस्तो अवस्था छैन।
उत्तर कोरियाले कुनै संक्रमित नभएको जनाएको छ। तर सीमा भने चीन, रूस र दक्षिण कोरियासँग जोडिएको छ जहाँ अत्यधिक संक्रमण छ। उत्तर कोरिया प्रोपागाण्डामा अत्यधिक निर्भर छ। बाहिर खासै कुरा ल्याउँदैन।

पाँच देश र क्षेत्रले भाइरस उन्मूलन भएको जनाएका छन्। त्यो सूचीमा एङ्गुल्ला, ग्रिनल्यान्ड, क्यारिबियन आइल्यान्ड अफ सेन्ट बार्ट्स एन्ड सेन्ट लुसिया र येमेन पर्दछन्। सबैले देशमा हाल सक्रिय संक्रमण नभएको र पहिले संक्रमण भए पनि कसैको मृत्यु नभएको बताएका छन्।

अन्य देशले नयाँ संक्रमणको संख्या नाटकिय रूपमा घटाएको बताएका छन्। बुधबार चीनको नेसनल हेल्थ कमिशनले २२ जना नयाँ संक्रमित भएको जनाएको छ। तीमध्ये २१ जना विदेशबाट आएका थिए। मार्च प्रारम्भसम्म सयौं नयाँ संक्रमित फेला परेका थिए। तुलनात्मक रूपमा संक्रमण घट्दै गएको बुझ्न सकिन्छ।

न्यूजिल्यान्डले भाइरस जितेको घोषणा गरेको छ। अब भाइरस उन्मूलनको बाटोमा अघि बढेको दाबी गरेको छ। त्यहाँ १,४७४ जना संक्रमित भेटिएका थिए। गएको सोमबार नयाँ संक्रमित पत्ता लागेको थियो र बन्दाबन्दी पनि खुकुलो पार्न थालिएको छ।

स्पेन, जर्मनी, हंगेरी, साइप्रस र नर्वेजस्ता देशले पनि बन्दाबन्दी खुकुलो पार्न थालेका छन्। स्पेनले युरोपकै कडा बन्दाबन्दी लागु गरेको थियो। बालबालिकालाई कसरत गर्न दैनिक एक घण्टा बाहिर जाने अनुमति दिइएको छ। मे २ देखि सबै जनालाई छोटो दूरी हिँड्न वा कसरत गर्न दिइनेछ।

जर्मनीले अप्रिल २० देखि बन्दाबन्दी खुकुलो बनाउन थालेको थियो। तर संक्रमितको संख्या र संक्रमणको दर बढ्दै गएपछि फेरि कडाइ गर्नुपर्ने चुनौती देखा परेको छ। संक्रमण घट्दै गएको देखेपछि केही खुद्रा व्यवसायीलाई खुला छाडिएको थियो।
स्काई न्युज 

प्रकाशित मिति: ०६:४१ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्