Kathmandu Press

फेरि गयो भूकम्प, केन्द्रबिन्दु हुम्लाको कालिका

हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ।
फेरि गयो भूकम्प, केन्द्रबिन्दु हुम्लाको कालिका

काठमाडौं, चैत १३ :  हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७:४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४.५  म्याग्नेच्युडको भूकम्प गएको हो ।

Hardik ivf

यसअघि आजै साँझ ६ बजेर २७ मिनेट जाँदा तिब्बतको डिङ्गे काउन्टी आसपास केन्द्रविन्दु भएर ५.५   रेक्टरस्केलको भूकम्प गएको थियो।

त्यसको धक्का काठमाडौंसम्म महशुस गरिएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित मिति: २०:३९ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्