Kathmandu Press

काठमाडौंमा भारतीयको अनलाइन जुवा अखडा, दुई अर्बको कारोबार

पक्राउ परेका ११ जनामाथि अनुसन्धान गर्न ७ दिन म्याद थप
काठमाडौंमा भारतीयको अनलाइन जुवा अखडा, दुई अर्बको कारोबार

काठमाडौं, चैत १३ : काठमाडौंमा बसेर अनलाइन जुवा खेलाउने ११ जना भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार काठमाडौंको बूढानीलकण्ठ देउला टोलको एउटा घरबाट ११ जना पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उनीहरू क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न भएको समेत देखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारतद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार छन्।

उनीहरूले दुई अर्बभन्दा बढीको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

मंगलबार पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत उपस्थित गराइएको थियो।

काठमाडौं जिल्ला अदालतले उनीहरूमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्