Kathmandu Press

मुख्यमन्त्रीको निर्देशन अवज्ञा गरेपछि पक्राउ परे आनन्द हस्पिटलका सञ्चालक

नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गरेपछि पक्राउ परे आनन्द हस्पिटलका सञ्चालक

रौतहट, चैत १३ : रौतहटको शिवनगरमा रहेको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेशप्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ।

गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगरमा रहेको सो हस्पिटल मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको थियोे।

Hardik ivf

केहि दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो।

नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।

रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।

आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो।

तर पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै बिरामी भर्ना गरेको आरोप लागेको छ। तर अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ। -नेपाल न्युज बैंक

प्रकाशित मिति: १९:३८ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्