Kathmandu Press

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी राख्ने मोर्चाको निर्णय

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी राख्ने मोर्चाको निर्णय

काठमाडौं, चैत १३ : समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ।

बुधबार बसेको मोर्चाको बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेश र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने बताए ।

उनले भने,‘आज सदनमा संघर्ष त चल्यो, सदन अवरुद्ध भएको छ । समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेशको र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने छ र राखिने छ भन्ने जानकारी दिनु भएको छ ।’

यसको साथै, उनले जनताको धेरै ठूलो त्याग र बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसको विरुद्धमा गरिएको षड्यन्त्र विरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्न लागेको बताए ।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्