Kathmandu Press

कोशीमाथि एपिएफको जित, फाइनलको झिनो आशा कायमै

बुधबार सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आठौं नम्बरमा ब्याटिङ गर्दै लोकेश बमले ८४ रनको नटआउट पारी खेलेपछि एकपिएफले कोशी प्रदेशमाथि २ विकेटको जित निकाल्यो।
कोशीमाथि एपिएफको जित, फाइनलको झिनो आशा कायमै

काठमाडाैं, चैत १३ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ।

बुधबार सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आठौं नम्बरमा ब्याटिङ गर्दै लोकेश बमले ८४ रनको नटआउट पारी खेलेपछि एकपिएफले कोशी प्रदेशमाथि २ विकेटको जित निकाल्यो।

कोशीले दिएको २५५ रनको लक्ष्य एपिएफले ४४.४ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। एपिएफलाई जित दिलाउने क्रममा लोकेशले ५४ बलमा समान ६ चौका र छक्का प्रहार गद्रै टनआउट ८४ बनाए। नवौं विकेटका लागि लोकेशले इर्शाद अहमदसँग मिलेर ९४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। इर्शादले ४० बलमा १६ रन बनाए।

Hardik ivf

यस्तै, कप्तान रोहितकुमार पौडेलले ७३ बलमा ६ चौका मद्दतमा ६१ रन बनाउँदा दीपक बोहराले २७ बलमा ७ चौका प्रहार गर्दै ३६ र सन्दीप जोराले २५ बलामा ३० रन बनाए। 

बलिङमा कोशीका फिर्दोस अन्सारी र दीपेश कँडेलले समान ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोशीले सकिब हकको अर्धशतक मद्दतमा अन्तिम बलमा अलआउट हुँदै २५४ रन बनाएको थियो। जारी प्रतियोतिगामा कोशीले बनाएको यो सर्वाधिक स्कोर हो। सकिबले ६३ बलमा ११ चौका मद्दता ६८ रन बनाए।

यस्तै, कप्तान अंकित सुवेदीले ३५, आशिष भट्टराईले ३४, सुजन थपलियाले ३३ र चिराग साहले २४ रन बनाए। 

बलिङमा एपिएफका अविशेषक गौतम र मौसम ढकालले समान ३ विकेट लिँदा रोहितकुमार पौडेलले २ विकेट लिए।

जारी प्रतियोगितामा एपिएफको यो सातौं जित हो। ९ खेलमा १४ अंकसहित एपिएफ तेस्रो स्थानमा छ। उसको फाइनलको झिनो आशा बाँकी छँदैछ। ऊ फाइनल पुग्न आर्मीले भाेलि हुने खेलमा पुलिस क्लबसँग फराकिलो अन्तरले पराजित हुनुपर्ने छ।

यता, कोशीको ९ खेलमा आठौं हार हो। ऊ २ अंकसहित पुछारमा छ।

प्रकाशित मिति: १९:०४ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्