Kathmandu Press

काठमाडौंमा भूकम्पको धक्का

भूकम्पको केन्द्रविन्दु र तीव्रता खुलिसकेको छैन।
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, चैत १३ : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। 

बुधबार साँझ साढे ६ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको केन्द्रविन्दु र तीव्रता खुलिसकेको छैन।

काठमाडौंमा यसअघि  फागुन २४ गते दिउँसो भूकम्पको धक्का महसुस भएको थियो। 

त्यतिबेला चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागसहित काठमाडौंमा महसुस भएको थियो। 

त्यसअघि फागुन १६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

त्यसयता मुलुकका विभिन्न ठाउँमा केन्द्रबिन्दु बनाएर ्स-साना भूकम्प गएको छ।

 

प्रकाशित मिति: १८:४३ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्