Kathmandu Press

पुरानो मुद्दा चाँडो टुंग्याउन माग राखेर हितेन्द्र देव पनि पुगे सर्वोच्च

चार वर्षसम्म पनि सर्वोच्च अदालतले फैसला गरेको छैन।
पुरानो मुद्दा चाँडो टुंग्याउन माग राखेर हितेन्द्र देव पनि पुगे सर्वोच्च

काठमाडौं, चैत १३ : सरकारले कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरेका हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सरकारले विगतमा शाक्यलाई पदबाट हटाएर घिसिङलाई नियुक्त गरेपछि त्यसविरुद्ध यसअघि नै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

चार वर्षसम्म पनि सर्वोच्च अदालतले फैसला गरेको छैन।

उनले २०७८ साल भदौ १ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही रिट चाँडो टुंग्याउन माग राखेर उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उनले आफ्नो कार्यकाल बाँकी रहुञ्जेल चार बर्षसम्म फैसला नभएको प्रश्न रिटमा उठाएका छन्। 

 

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्