Kathmandu Press

नयाँ आइजिपी आएलगत्तै प्रहरीमा सरूवा मापदण्डबारे देशैभरका युनिटसँग सुझाव माग 

सुझाव उपलब्ध गराउन आगामी चैत १५ सम्मको समयसीमा तोकिएको छ।
नयाँ आइजिपी आएलगत्तै प्रहरीमा सरूवा मापदण्डबारे देशैभरका युनिटसँग सुझाव माग 

काठमाडौं, चैत १३ : नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवासम्बन्धी मापदण्डलाई परिमार्जन तथा संशोधन गर्न मातहतका युनिटसँग सुझाव मागेको छ । 

नयाँ संगठन प्रमुख (आईजी) मा दीपक थापाको आगमनलगत्तै प्रधान कार्यालयले कर्मचारीको सरुवासम्बन्धी मापदण्ड तय गर्न राय मागेको हो ।

Hardik ivf

प्रहरीको कर्मचारी प्रशासन शाखाले यस सम्बन्धमा चैत १२ गते मातहतका सबै युनिटलाई परिपत्र गरेको छ।

पत्रमा कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ लाई परिमार्जन र संशोधन गर्न र मापदण्डलाई थप प्रभावकारी बनाउन के–कस्ता प्रावधान थप गर्न उपयुक्त हुन्छ भनी सुझाव दिन भनिएको छ । 

साथै, विद्यमान सरुवा मापदण्डमा उल्लेख भएका कुन कुन बुँदाहरू संशोधन गर्दा प्रहरी कर्मचारीको सरुवा प्रणाली अझ व्यवस्थित र विश्वसनीय हुन्छ ? भन्दै प्रश्न पनि सोधिएको छ।

सुझाव उपलब्ध गराउन आगामी चैत १५ सम्मको समयसीमा तोकिएको छ।

 

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्