Kathmandu Press

आफ्नो बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा आएपछि अनुसन्धानमा सघाउँदै रोटरी क्लब

आज दिउँसो प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भिडियो पोस्ट भएलगत्तै रोटरी क्लवले प्रहरीलाई जानकारी गराएको छ। 
आफ्नो बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा आएपछि अनुसन्धानमा सघाउँदै रोटरी क्लब

काठमाडौं, चैत १३ : काठमाडौंको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिएको घटनाको अनुसन्धानका लागि रोटरी क्लवले प्रहरीलाई जानकारी गराएको छ।

आज दिउँसो प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भिडियो पोस्ट भएलगत्तै रोटरी क्लवले प्रहरीलाई जानकारी गराएको छ। 

उक्त घटनालगत्तै बोर्डको पावर अफ गरेको थियो भने महाराजगन्ज प्रहरी बृत्त, वडा कार्यालय र नेपाल प्रहरीको प्रधान कार्यालयको सुचना निर्देशनालयमा समेत निवेदन दर्ता गरेर घटनाको थप अनुसन्धानका लागि पहल गरिएको राेटरी क्लब अफ मातृभूमि बालुवाटरका पूर्वअध्यक्ष बिष्णुहरी दाहालले जानकारी दिए ।

क्लवका पूर्व अध्यक्ष दाहालले  ‘कसैले ह्याक गरेर उक्त नारा डिस्प्ले हुन पुगेको’ बताएका छन्। यस घटनाले रोटरी क्लवलाई दुखी बनाएको समेत दाहालले बताएका छन्। 
 
प्रकाशित मिति: १७:३८ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्