विपक्षीहरूलाई उत्ताउलो नहुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत माओवादी केन्द्रसहितका विपक्षीहरूलाई लक्षित गर्दै हल्का र उत्ताउलो नहुन आग्रह गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो भनाई राखेका हुन्।
‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस्। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ,’ ओलीले भने।
उनले एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाति पिटिपिटी भएको पनि ओलीले बताए । यस बिषयमा जवाफ दिन आवश्यक नभएको भनाई उनको थियो।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो । अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ,’ उनले भने।
साथै ओलीलेविपक्षीहरुलाई सहयोग हुने र जो भन्यो त्यही नियुक्ति गर्ने सरकारको काम नभएको पनि बताए।