Kathmandu Press

देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ : प्रधानमन्त्री

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ ,’ प्रधानमन्त्री ओलीले भने।
देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ : प्रधानमन्त्री

काठमाडौं, चैत १३ : प्रधानमन्त्री केपी ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टने बताएका छन्। 

बुधबार राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने बताए।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ ,’ प्रधानमन्त्री ओलीले भने।

युवा संघ एउटा निसस्त्र स्थायी टोली भएको बताउँदे कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद उनले निर्देशन दिए। 
 
प्रकाशित मिति: १७:०२ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्