‘देशमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ’
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनले बताए। अहिले धेरै काम भइरहेपनि जनताले सोचे जस्तो छिटो काम नभएको उनले स्वीकार गरे।-(95)-1742987528.jpg)
काठमाडौं, चैत १३ : गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन्।
आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उद्घाटन गर्दै उहाँले लोकतन् प्राप्त पछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताए।
‘तत्कालिन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिँदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न।’
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनले बताए। अहिले धेरै काम भइरहेपनि जनताले सोचे जस्तो छिटो काम नभएको उनले स्वीकार गरे।
‘केही हँुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो,’ गृहमन्त्री लेखकले भने, ‘मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो।’
विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउदै उनले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताए।