Kathmandu Press

घट्ट सिँचाइ योजनामा कामै नगरी १४ लाख भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सजायको माग गर्दै बुधबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो। 
घट्ट सिँचाइ योजनामा कामै नगरी १४ लाख भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, चैत १३ : बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सजायको माग गर्दै बुधबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो। 

अभियोगपत्रमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा नम्वर–४ का वडाअध्यक्ष भीम बहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध भ्रष्टाचार निवारण ऐ, २०५९ अनुरुप सजायको माग गरिएको छ। 

अख्तियारका अनुसार आर्थिक वर्ष २०७६७७ मा खप्तडछान्ना गाउँपालिकाबाट वडा नम्बर– ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि विनियोजन भएको बजेटमा भ्रष्टाचार भएको आरोप उनीहरुमाथि छ। 

कामै नगरी २०७७ र ७८ मा १४ लाख ८ हजार रुपैयाँ बजेट भुक्तानी लिएको दाबी अख्तियारको छ। 

अख्तियारमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा फिल्डमा काम सम्पन्न नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएको अख्तियारले जनाएको छ । अख्तियारले अदालतसँग भ्रष्टाचाको बिगो असुल गरी विगो बराबरकै जरिबाना र जेल सजाय माग गरेको छ।


 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्