६ घण्टापछि नियन्त्रणमा आयो इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो, क्षतिको विवरण संकलन हुँदै
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र १२ वटा दमकलको लगातारको प्रयासपछि आगो नियन्त्रणमा आएको हो।
सुनसरी, चैत १३ : सुनसरीको इटहरी–६ स्थित सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टा पछि नियन्त्रणमा आएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र १२ वटा दमकलको लगातारको प्रयासपछि आगो नियन्त्रणमा आएको हो।
बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो। १० तले भवनको ५ पाँचौं तल्लाबाट आगलाती सुरु भएको थियो।
आगो नियन्त्रणका लागि दर्जन बढी दमकल तथा ३५० बढी सुरक्षाकर्मी खटिएका थिए।
भवनमा फसेका ३ जनाको हेलिकोप्टरको मद्दतबाट उद्धार गरिएको थियो भने अन्य ८ जनाको सुरक्षाकर्मीले उद्धार गरेका थिए।
भवनको पाँचौं तल्लाबाट आगो सुरु भएको प्रहरील जनाएको छ। त्यहाँ बरन्डा रेस्टुरेन्टको अफिस रहेको छ। भवनको छैटौं तलामा रेष्टुराँ, किचन छ भने भने सातौं, आठौं तलामा होटलका कोठा छन्।
आगलागीको कारण भने खुल्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:१६ बजे, बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार