Kathmandu Press

गणेश थापामाथि कारबाहीका लागि अख्तियारमा पत्राचार गर्ने एन्फाको निर्णय

निर्णयमा विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको उल्लेख छ।
गणेश थापामाथि कारबाहीका लागि अख्तियारमा पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौं, चैत १३ : फिफाबाट प्रतिबन्ध लगाइएका गणेश थापालाई अनुसन्धान र  छानविन गरी कारवाही गर्न भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ।

एन्फाको यही चैत ११ र १२ गते बसेका कार्यसमिति बैठकले गरेको उक्त निर्णय बुधबार सार्वजनिक भएको हो। निर्णयमा विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको उल्लेख छ।

अख्तिायारसँगै फिफा, एएफसी, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा एन्फाले पत्राचार गर्ने निर्णय गरेको छ। 

एन्फाका तत्कालिन अध्यक्ष थापालाई फिफाले १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको छ। 

एन्फाले संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपर परेका गम्भीर प्रकृतिका उजुरीलाई सम्वन्धित निकायमा छानविन गरी निर्णयका लागि पत्रचार गर्ने निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्