Kathmandu Press

प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको दोहोरो सुविधा रोक्न सर्वोच्चमा रिट

आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको दाबी रिट निवेदक भुसालको छ।
प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको दोहोरो सुविधा रोक्न सर्वोच्चमा रिट

काठमाडौं, चैत १३ : प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखले गैरकानुनी रुपमा दोहोरो सुविधा लिएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता चन्द्रप्रकाश भुसालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। 

आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको दाबी रिट निवेदक भुसालको छ। रिटमा ललितपुर भैसेपाटीस्थित आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग समेत छ। 

प्रदेश प्रमुखको लागि आवास बाहेकका फजुल सुविधा खर्च महिनैपिच्छे २–३ लाख सम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च ३–४ लाख सम्म हुनसक्ने भएकाले राज्यकोषमा भार पारेको दाबी पनि रिट निवेदक भुसालले गरेका छन्। 

उक्त सुविधा रोक्न तत्काल अन्तरिम आदेश दिएर रोकिनुपर्ने माग उनको छ। 

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्