Kathmandu Press

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थागित, अर्काे बैठक भाेलि ११ बजे बस्ने

बुधबार दिउँसो ३ बजे बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेका पछि सभामुख देवराज घिमिरेले भोलि ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थागित, अर्काे बैठक भाेलि ११ बजे बस्ने

काठमाडौं, चैत १३ : प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

बुधबार दिउँसो ३ बजे बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेका पछि सभामुख देवराज घिमिरेले भोलि ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

यसअघि ११ बजे बसेको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका थिए। 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरू बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। 

तर, २ घण्टाबित्ति लाग्दा सूचना टाँस गरेर बैठक ३ बजेका लागि बोलाइएको थियो। 

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी सांसदहरूले अवरोध कायमै राखेका थिए। सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई पटकपटक सांसदलाई बसेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन्। 

तर विपक्षी सांसदहरूले भने उठेर अवरोध जारी राखेका थिए।

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्