Kathmandu Press

इटहरीको सेन्ट्रल प्लाजाको लागेको आगो अझै नियन्त्रणमा आएन

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित १२ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेपनि सफल भएका छैनन्। 
इटहरीको सेन्ट्रल प्लाजाको लागेको आगो अझै नियन्त्रणमा आएन

सुनसरी, चैत १३ : इटहरी–६ स्थित चोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। 

बिहान करिब साढे नौ बजेबाट सुरू भएको पाँच घण्टा बढी हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो। 

Hardik ivf

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित १२ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेपनि सफल भएका छैनन्। 

अहिले क्रेनको सहयोगमा पानीलाईभित्रसम्म पुर्‍याई नियन्त्रणको प्रयास भइरहेको छ। 

त्यहाँबाट ११ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। 

भवनको पाँचौं तल्लाबाट आगो सुरु भएको प्रहरील जनाएको छ। त्यहाँ बरन्डा रेस्टुरेन्टको अफिस रहेको छ। भवनको छैटौं तलामा रेष्टुराँ, किचन छ भने भने सातौं, आठौं तलामा होटलका कोठा छन्।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्