Kathmandu Press

प्रतिनिधिसभा बैठक सर्‍यो, आजै ३ बजे बस्ने

संसद सचिवालयले सूचना टाँस गरेर बैठक सारेको हो। अब बैठक आजै ३ बजे बस्ने सूचनामा जनाइएको छ। 
प्रतिनिधिसभा बैठक सर्‍यो, आजै ३ बजे बस्ने

काठमाडौं, चेत १३ : प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सरेको छ।

संसद सचिवालयले सूचना टाँस गरेर बैठक सारेको हो। अब बैठक आजै ३ बजे बस्ने सूचनामा जनाइएको छ। 

प्रतिनिधिसभा नियमावली अनुसार बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए बैठक स्वतः स्थगित हुन्छ। सोही कारण २ घण्टा पुग्दै लाग्दा सचिवालय सूचना टाँसेर बैठक सारेको हो।

यसअघि बिहान ११ बजे बसेको बैठकमा कुलमान घिसिङलाई घटाइएको विरोधमा विपक्षी दलहरूले अवरोध गरेका थिए। उनीहरू प्रधानमन्त्रीले जवाफ नदिएपछि अवरोध जारी राख्ने अडान लिउका छन्। 

प्रतिपक्षी दलहरुको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्