Kathmandu Press

प्रतिपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा पनि अवरोध

अवरोधपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
प्रतिपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा पनि अवरोध

काठमाडौं, चैत १३ : प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेका छन्। 

नेपल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसदहरुले बैठक अवरोध गरेका हुन्।

अवरोधपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

त्यसअघि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेका थिए। अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक अझैसम्म सुरु हुन सकेको छैन। 

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्