Kathmandu Press

बागमती प्रदेशसभा बैठक चैत १९ गते बस्ने

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन्।
बागमती प्रदेशसभा बैठक चैत १९ गते बस्ने

मकवानपुर, चैत १३ : बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ। 

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन्।

बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए। 

प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौ अधिवेशनको सातौं बैठक आह्वान गरिएको उनले बताए। संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेश गरी पारित गर्नुपर्ने भएकाले प्रदेश सभा बैठक आव्हान गरिएको उनले बताए। 

यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, माघ २४ मा १ र माघ २६ मा २ वटा बैठकहरु संचालन भएका थिए। सो पश्चात अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिनापछि आह्वान गरिएको हो।

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्