Kathmandu Press

भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाइने

बुधबार बालुवाटारमा बसेकोे सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाइने

काठमाडौं, चैत १३ : सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन्।

बुधबार बालुवाटारमा बसेकोे सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

Hardik ivf

‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ । त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैं निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ,’ उनले भने।

भूमिसम्बन्धी अध्यादेश १८ गतेबाट आफैं निष्क्रिय हुने भएकाले यसलाई विधेयककका रुपमा अघि बढाउने निर्णय भएको उनले बताए।

बैठकमा अन्य विषयमा भने छलफल नभएको उनले बताए।

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन्।

तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढ्न सकेको थिएन।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्