Kathmandu Press

सत्तारुढ दलका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू उपस्थित छन्।
सत्तारुढ दलका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा
फाइल तस्बिर।

काठमाडौं, चैत १३ : सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन्।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू उपस्थित छन्।

नेतासँगै संसद् बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटार पुगेका छन्। जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन्।

संसद् भवनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले पनि आधा घण्टाका लागि बैठक स्थगित गरेर अर्को बैठकका लागि छलफल सुरु गरेका छन्।

विपक्षी दलहरूले संसदमा घिसिङलाई हटाएको बिषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अबरुद्ध गरेका थिए।
 

 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, चैत १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्