Kathmandu Press

माओवादी आरोप- कुलमानलाई हटाएर सरकार विचौलियाको पक्षमा उभियो

‘यो हदको मानमर्दन किन गर्‍यो रु सरकारलाई चार महिना पनि टिक्न सकिन्छ भन्ने विश्वास गुमाएकाले होला चार महिना अगावै सरकार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको छ,’ उनले भने।
माओवादी आरोप- कुलमानलाई हटाएर सरकार विचौलियाको पक्षमा उभियो

काठमाडौं, चैत १३ : नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ।

बुधबार संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादीका सांसद शक्ति बस्नेतलाई समय दिए। 

Hardik ivf

उनले स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कुरा छोप्न घिसिङलाई हटाइए आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा उभिएको बताए। 

उनले कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने र जलमाफियाहरूको स्वार्थ पूरा गर्ने उद्देश्यबाट प्रेरिता रहेको पनि आरोप लगाए। सरकारले कुलमानको यो हदसम्मको मानमर्दन स्वीकार्य नभएको बताए।

सांसद बस्नेतले चार महिना कार्यकाल बाँकी भएका व्यक्तिलाई हटाएको निर्णय फिर्ता लिन माग गरे। उनले चार महिना सरकार टिकाउन सकिन्छ भन्ने आत्मविश्वास गुमाएकाले घिसिङलाई हटाइएको आरोप पनि लगाए। 

‘यो हदको मानमर्दन किन गर्‍यो रु सरकारलाई चार महिना पनि टिक्न सकिन्छ भन्ने विश्वास गुमाएकाले होला चार महिना अगावै सरकार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको छ,’ उनले भने।

कुलमान आएपछि लोडसेडिङको अन्त्य भएको तथ्यले देखाएको उल्लेख गर्दै उनले अहिले ९९ प्रतिशत जनताले विद्युतको पहुँच पाएका उनले बताए। 

पहिले वर्षायाम्मा समेत भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै सांसद बस्नेतले विगत तीन वर्षदेखि विद्युत निर्यात गरिरहेको छ । बंगलादेशलाई पनि निर्यात सुरू गरिएको पनि बताए।

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्