Kathmandu Press

प्रतिपक्षीद्वारा सदन अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरू बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन्।
प्रतिपक्षीद्वारा सदन अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं, चैत १३ : प्रतिपक्षी दलहरू प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। 

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरू बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन्।

Hardik ivf

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका सांसदहरु उठेर सरकारको निर्णयको विरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरूको तर्फबाट शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए। 

शक्ति बस्नेतले बोलिसके लगत्तै पुनः प्रतिपक्षी दलका सांसदहरुले उठेर संसद अवरुद्ध गरेका थिए। उनीहरूले कुमालनलाई हटाएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरेका छन्।

सभामुख घिमिरेले संसद अगाडि बढाउने प्रयास गरेपनि सफल भएनन्। त्यसपछि उनले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्। 
 

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्