Kathmandu Press

इटहरी सेन्ट्रल प्लाजामा आगलागी, फसेका मानिसकाे उद्धार प्रयास जारी [तस्बिरहरू]

१० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो।
इटहरी सेन्ट्रल प्लाजामा आगलागी, फसेका मानिसकाे उद्धार प्रयास जारी [तस्बिरहरू]

सुनसरी, चैत १३ : इटहरीको मुख्य चोकमा रहे‍को सेन्टर प्लाजामा आगलागी भएको छ। १० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो।

उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ।

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन्।

स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ। माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।

Photo-(1)-1742968032.jpg

Photo-(2)-1742968032.jpg

Photo-(2)(3)-1742965164.jpg

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्