Kathmandu Press

न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

१२ दिन बितिसक्दापनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका हुन्।
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

धनुषा, चैत १३ : जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ।

होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन्।

Hardik ivf

बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन्। १२ दिन बितिसक्दापनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका हुन्।

चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो। तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ। घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ।

 

प्रकाशित मिति: १०:३७ बजे, बुधबार, चैत १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्