Kathmandu Press

ललितको घातक बलिङ, लगातार आठौं जितसँगै पुलिस फाइनलमा

मंगलबार लमहीमा भएको खेलमा डिफेनिडङ च्याम्पियन पुलिसले कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्यो। यो जितसँगै पुलिस २ खेल बाँकीछँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
ललितको घातक बलिङ, लगातार आठौं जितसँगै पुलिस फाइनलमा

दाङ, चैत १२ :  देब्रे हाते स्पिनर ललित राजवंशीले घातक बलिङ गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मा विभागीय टिम नेपाल पुलिस क्लबले लागतार आठौं जित निकालेको छ। 

मंगलबार लमहीमा भएको खेलमा डिफेनिडङ च्याम्पियन पुलिसले कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्यो। यो जितसँगै पुलिस २ खेल बाँकीछँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। उसको यो चौथो फाइनल यात्रा हो। उसले अब उपाधिका लागि अन्य दुई विभागीय टिम त्रिभुवन आर्मी या एपिएफ मध्ये एकसँग खेल्ने छ। 

Hardik ivf

पुलिसले दिएको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १०३ रनमा अलआउट भयो। उसका रविन्द्र शाहीले ४९ तथा अर्जुन घर्तीले ३० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

कर्णालीसको इनिङ धरासायी बनाउने क्रममा ललितले ९ ओभरमा ४१ रन दिएर ६ विकेट लिए। जारी प्रतियोगितामा उनको यो तेस्रो पटक ६ विकेट लिएका हुन् भने पाँचौं ५ विकेट हल हो। ८ खेलमा उनले कुल ३६ विकेट लिएका छन्। उनले पिएम कपमा कीर्तिमानी सय विकेट पनि पुरा गरेका छन्। यस्तो उपलब्धि हाँसिल गर्ने उनी एक्लो बलर हुन्। 

उनी बाहेक पुलिसका सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिस ४८ ओभरमा १४७ रनमै अलआउट भएको थियो। उसका अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप नाथले ३४ रन बनाए । सागर ढकाल २२ रनमा अविजित रहे।

बलिङमा कर्णालीका अनुज चुनाराले ४ विकेट लिए भने दिवान पुनले ३ विकेट लिए। कर्णाली ८ अंकसहित पाँचौं स्थानमा छ। 

प्रकाशित मिति: २१:०१ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्