Kathmandu Press

व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री

'देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्छ,' उनले भने।
व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री

काठमाडौं, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन्।

 नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को आज लोकार्पण गर्दै उहाँले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गरे।

'सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो,' उनले भने, 'अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ।'

प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्र्तव्य एउटै हुनुपर्नेमा जोड दिए।

'देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्छ,' उनले भने।

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्