Kathmandu Press

पूर्व मुख्यसचिव गौतमको निधन 

उनलाई कुटनीति र प्रशासनको क्षेत्रमा नैतिक र निष्टावान व्यक्तित्वका रुपमा चिनिन्छ।
पूर्व मुख्यसचिव गौतमको निधन 

काठमाडौं, चैत १२ : पूर्व मुख्यसचिव दामोदर गौतमको सोमबार निधन भएको छ। 

गौतम विरामी परेपछि उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

गौतमको ८७ वर्षको उमेरमा निधन भएको हो। गौतमलाई कलेजोमा समस्या आएपछि अस्पतला भर्ना गरिएको थियो। गौतम २०४७ देखि २०४९ सालसम्म सरकारको मुख्यसचिव भएका थिए।

गौतम अमेरिकाको राजदूतसमेत भएका थिए।

अवकासपछि गौतमले काठमाडौं विश्वविद्यालयमा दुई वर्ष विज्ञ प्राध्यापकको रुपमा प्राध्यापन समेत गरेका थिए।

उनलाई कुटनीति र प्रशासनको क्षेत्रमा नैतिक र निष्टावान व्यक्तित्वका रुपमा चिनिन्छ।

स्वर्गीय गौतमको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

 

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्