Kathmandu Press

समाजवादी मोर्चा र राजावादीको प्रदर्शन एकैदिन, मोर्चालाई भृकुटीमण्डप र प्रसाईंलाई तिनकुनेमा अनुमति

समाजवादी मोर्चा र राजावादी दुर्गा प्रसाईं समुहले एकैदिन पारेर चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछन्।
समाजवादी मोर्चा र राजावादीको प्रदर्शन एकैदिन, मोर्चालाई भृकुटीमण्डप र प्रसाईंलाई तिनकुनेमा अनुमति

काठमाडौं, चैत १२ : गणतन्त्र पक्षधर र राजावादीको एकैदिन प्रदर्शन हुने भएपछि सरकारले भिन्नाभिन्नै दुई स्थानका लागि प्रदर्शन अनुमती दिएको छ। 

समाजवादी मोर्चा र राजावादी दुर्गा प्रसाईं समुहले एकैदिन पारेर चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपालाई भृकुटीमण्डपमा प्रदर्शन अनुमति दिएको छ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई काठमाडौंको तीनकुनेमा प्रदर्शन अनुमति दिइएको छ। 

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि एकै दिन प्रदर्शन गर्ने घोषणा गरे पनि स्थान भने तय हुन बाँकी छ।

यद्यपि, प्रसाईं समूह र सुवेदी समूहको स्थान एउटै हुनसक्ने सम्भावना छ। गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनका लागि स्थानीय प्रशासनसँग अनुमति पाएको हो। 

 

प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्