Kathmandu Press

पत्रकार वृजकुमार यादवसहित ३ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

पत्रिकामा बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप पत्रकार यादवमाथि लागेको छ। यादव बीबीसीका जनकपुर संवाददाता एवम् जनकपुर टुडेका प्रधानसम्पादक र  अध्यक्ष थिए। 
पत्रकार वृजकुमार यादवसहित ३ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत १२ : अख्तियारले बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुरका पत्रकार वृजकुमार यादवसहित तीन जना विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

पत्रिकामा बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप पत्रकार यादवमाथि लागेको छ। यादव बीबीसीका जनकपुर संवाददाता एवम् जनकपुर टुडेका प्रधानसम्पादक र  अध्यक्ष थिए। 

उनीसँगै धनुषाको बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमनकुमार पुरी विरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ । पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोपसहित सजायको माग गरिएको छ।

धनुषाको बटेश्वर गाँउपालिकाका वडाहरुमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा पत्रिकामा बोलपत्र आह्वान गर्नुपर्नेमा बोलपत्र स्वीकृतीको सूचना लुकाएर सूचनै प्रकाशित नगरेको आरोप यादवविरुद्ध छ। 

गाँउपालिकाको अभिलेखमा राख्ने गरी एकप्रतिमात्रै पत्रिका प्रकाशित गरेर सूचना लुकाएको आरोप अख्तियारको छ । अख्तियारको दाबी अनुसार यादवले विज्ञापन प्रकाशित गरेको भन्दै ६ लाख ४४ हजार रुपैंयाको बील तयार गरेका थिए। 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्