Kathmandu Press

कुलमानको विषयमा लेखा समितिमा विवाद

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारले बर्खास्त गरेका घिसिङको बिषय उठाउन खोजेपछि विवाद उत्पन्न भएको हो। 
कुलमानको विषयमा लेखा समितिमा विवाद

काठमाडौं, चैत १२ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा विवाद भएको छ। 

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारले बर्खास्त गरेका घिसिङको बिषय उठाउन खोजेपछि विवाद उत्पन्न भएको हो। 

मंगलबार समितिको बैठकमा छलफलका लागि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल सचिव लिएर समितिमा पुगेका थिए । मन्त्री उपस्थित भएपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको कारबाही शुरु गरेका थिए। 

बैठकको कारबाही शुरु भएपछि माओवादीका सांसद अमनलाल मोदीले समसामयिक विषयमा धारणा राख्ने भन्दै समय माग गरेका थिए। 

बैठकमा सभापति पोखरेलले एजेन्डामा पालो आएपछि धारणा राख्न आग्रह गरेपनि सांसद  मोदीले सार्वजनिक महत्वका विषयमा धारणा राख्न पाउनुपर्ने बताए। मोदीको यस्तो अडानपछि सत्तारूढ दलका सांसदहरूले बैठकको एजेन्डा फरक रहेकाले पछि बोल्न आग्रह गरेपछि सभापति पोखरेल र मोदीबीच भनाभन चलेको थियो। 

भनाभन्बीच मोदीले सभापति पोखरेलको राजीनामा माग गर्दै आएको सन्दर्भ स्मरण गराए। त्यसपछि सांसद मोदीले कुलमानको विषय उठाए । त्यसपछि सत्तापक्षीय सांसदले उनलाई रोकेका थिए। 

मोदीले बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा र हरि ढकालले पनि साथ दिएका थिए। 
 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्