Kathmandu Press

झापाबाट एक अर्ब ९८ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ।
झापाबाट एक अर्ब ९८ करोड राजस्व सङ्कलन

झापा, चैत १२ : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ। उक्त रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/०८१ को सोही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए।

Hardik ivf

आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

गत आवभन्दा राजस्व सङ्कलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ।

कार्यालयले आठ महिनामा आयकरबाट रु ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत ६  करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत  ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत रु ३३ करोड १८ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ।

यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उनले बताए। 

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, चैत १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्