सत्तारुढ दलहरूको बैठक बालुवाटारमा सुरु
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरअघिबाट सुरु भएको हो। बैठकमा समसामयिक बिषयमा छलफल हुनेछ।
काठमाडौं, चैत १२ : सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएकोसुरु भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरअघिबाट सुरु भएको हो। बैठकमा समसामयिक बिषयमा छलफल हुनेछ।
बैठकमा प्रधानमन्त्री केपी ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन्।
यस्तै, ृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि बैठकमा सहभागी रहेको बताइएको छ।
प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












