Kathmandu Press

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी

वैदेशिक रोजगारबाट फर्केसँग स्वदेशमा उद्यमशिलता छ भने पुँजीको र कामको कमी हुन नदिने उनले बताए। यो विश्वास सरकारले नभएर निजी क्षेत्रले दिलाउने बताउँदै मन्त्री भण्डारीले त्यसैले नीजि क्षेत्रसँग सहकार्य गरेको उल्लेख गरे।
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी

काठमाडौं, चैत १२ : श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई स्वदेश भित्र्याउनुपर्ने बताएका छन्। 

काठमाडौं टेक्नीकल स्कुलको उद्घाटन समारोहमा बोल्दै उनले वैदेशिक रोजगारीबाट फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्नुपर्ने भन्दै यस्तो बताए। 

Hardik ivf

‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन्। दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो,’ उनले भने, ‘जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न यो दश वर्ष हामीले लिन खोजेको छौं।’ 

वैदेशिक रोजगारबाट फर्केसँग स्वदेशमा उद्यमशिलता छ भने पुँजीको र कामको कमी हुन नदिने उनले बताए। यो विश्वास सरकारले नभएर निजी क्षेत्रले दिलाउने बताउँदै मन्त्री भण्डारीले त्यसैले नीजि क्षेत्रसँग सहकार्य गरेको उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष चन्द्र ढकालले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स्लाई बढाउने उद्देश्यले काम गरिरहेको बताए। उनले नेपालको गरिबी घटाउने महत्वपुर्ण स्रोत रेमिट्यान्स् भएको पनि बताए। 
 
प्रकाशित मिति: १६:२० बजे, मंगलबार, चैत १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्