Kathmandu Press

विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न स्वास्थयमन्त्रीको प्रस्ताव

विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए। 
विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न स्वास्थयमन्त्रीको प्रस्ताव

काठमाडौं, चैत १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए। 

Hardik ivf

विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए। 

‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं। शिक्षा जीवनउपयोगी हुनुपर्छ। त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं,’ उनले भने, ‘अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरिर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ।’

स्वास्थ्यमन्त्री पौडेलले स्क्रिनिङको कार्यक्रम स्थानीय तहमा नै पुर्याउन सक्यो भने मात्रै  ५० लाखको स्क्रीनिङ्ग हुनसक्ने पनि बताए। 

‘यो स्क्रिनिङको कार्यक्रम पनि हामीले स्थानीय तहमा नै पुर्याउन सक्यौं भने मात्रै हामीले भनेको जस्तो ५० लाखको स्क्रीनिङ्ग हुन सक्छ । यो एउटा उदाहरणीय बन्दै छ । अब ललितपुरलाई पनि अनुरोध गर्ने छौं,’ उनले भने, ‘नेपालका सबै महानरगर, नगरपालिका गाउँपालिका सबैलाई हामी अनुरोध गर्नेछौं। र व्यापक रुपमा विस्तार गरेर ५० लाखको यो वर्ष स्क्रिनिङ गर्ने कार्यक्रम सार्थक बनाउने तर्फलाग्ने छौं।’ 

उनले अहिले दिनमा चार जना महिलाको पाठेघरको क्यानसरको कारण मृत्यु भइरहेको भन्दै यो भयावह अवस्था रहेको बताए। 
 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, चैत १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्