Kathmandu Press

माइतीघरमा कुलमान बर्खास्तीको विरोध

माइतीघरमा प्रदर्शनकारीले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै!’ लेखिएकाे प्ले कार्ड पनि बाेकेका थिए।
माइतीघरमा कुलमान बर्खास्तीको विरोध

काठमाडौं, चैत १२ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

मंगलबार दिउँसो स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले कुलमानको बर्खातीको विरोध गर्दै प्रदर्शन गरे हुन्। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन्। 

kul-1742891738.jpg
 
प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन्।

माइतीघरमा प्रदर्शनकारीले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै!’ लेखिएकाे प्ले कार्ड पनि बाेकेका थिए।

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, चैत १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्