एसिया कप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै
त्यसैले बलियो मलेसियालाई उसकै मैदानमा हराउनु नेपालका लागि निकै ठकीन पक्कै छ। मलेसियासँग १ अंक मात्र पनि खोस्न सके त्यो नोपलको लागि उपलब्धि नै हुने छ।
काठमाडाैं, चैत १२ : नेपालले घरेलु टोली मलेसियासँग खेल्दै सन् २०२७मा हुने एएफसी एसिया कपको तेस्रो चरणको छनोटको सुरुआत गर्दैछ। नेपाल र मलेसियाबीचको खेल आज साँझ ७ः४५ बजे इब्राहिम सुल्तान स्टेडियममा हुनेछ।
नेपाली टिम मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक हराएर मलेसिया पुगेको हो। त्यसैले मलेसियाविरुद्धको खेलअघि नेपाली टिमको मनोबल उच्च छ र टिम उत्साहित पनि छ।
सिंगापुरसँगको खेल मार्फत नै नेपाली राष्ट्रिय टिमको औपचारिक यात्रा थालेका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध जितकै लागि मैदान उत्रने बताएका छन्। तर, मलेसियालाई उसै मैदानमा हराउनु नेपालका लागि निकै चुनौतीपूर्ण हुनेछ।
प्रशिक्षक रोसले मलेसियाविरुद्धको खेलअघिको प्रेस कन्फ्रेन्समा उत्कृष्ट फुटबल खेल्ने बताएका छन्। उनले मलेसिया बलियो टिम भए पनि तीन अंकको लागि नै खेल्ने बताएका छन्।
‘मलेसिया बलियो टिम हो, बराबरीमा पनि सन्तुष्ट हुन सकिन्छ । तर, हामी तीन अंककै लागि खेल्नेछौं,’ उनले भनेका छन्, ‘हाम्रो योजना जित्नकै लागि हो । त्यसैअनुसार तयारी गरेका छौं ।’
नेपालका कप्तान किरण चेम्जोङले मलेसियामा पनि ठूलो मात्रामा दर्शकको साथको अपेक्षा राखेको बताउँदै मैदानमा रमेर र राम्रो फुटबल खल्ने बताए। उनले मलेसियासँग उसकै मैदानमा खेल्दा पनि त्यसले खासै फरक नापर्ने बताए।
‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौं, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ नै’ उनले भने, ‘घरेलु मैदान नभएपनि त्यस्तो फरक पर्दैन, हामी खेल इन्जोए गर्नेछौं यहाँ जुन टिमको दर्शकहरू धेरै भएपनि हामीलाई त्यस्तो फरक पर्दैन।’
नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन। वरियतामा पनि मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । हाल मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ।
नेपालले औपचारिक खेलमा मलेसियासँग पाँच पटक खेलेको छ। त्यसमध्ये एकै खेलमा बराबरी खेलेको नेपाल अन्य ४ खेलमा पराजित छ । सन् १९८५ मा विश्वकप छनोटमा मलेसियालाई काठमाडौंमा गोलरहित बराबरीमा रोकेयता नेपाल त्यसपछिका सबै ४ खेलमा पराजित छ।
नेपालले अहिलेसम्म मलेसियाविरुद्ध एकै गोल पनि गर्न सकेको छैन। मेसियाविरुद्धको गोलको खडेरी तोड्नु पनि नेपलाको लक्ष्य हुनेछ।
त्यसैले बलियो मलेसियालाई उसकै मैदानमा हराउनु नेपालका लागि निकै ठकीन पक्कै छ। मलेसियासँग १ अंक मात्र पनि खोस्न सके त्यो नोपलको लागि उपलब्धि नै हुने छ।