Kathmandu Press

संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै 

आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । 
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, चैत १२ : आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरेर तीन समितिको बैठक बस्न लागिएको हो । 

आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, वि.पी. र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, चैत १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्