Kathmandu Press

सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई बनायो प्राधिकरणको निर्देशक

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई बनायो प्राधिकरणको निर्देशक

काठमाडौं, फागुन ११ : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको  गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

आजकै बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

कुलमानलाई ऊर्जा मन्त्रालयले पटकपटक स्पष्टीकरण सोधेको थियो।

कुलमानले भने आफू मन्त्रिपरिषद् निर्णयबाट कार्यकारी निर्देशक नियुक्त भएको बताउँदै ऊर्जा मन्त्रालयको स्पष्टीकरण दिन नपर्ने बताउँदै आएका थिए। 

त्यसपछि गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई स्पष्टीकरण सोधेको थियो।

त्यसको २० दिनमा सरकारले उनलाई हटाउने निर्णय गरेको हो। 

यसअघि २०७७ मा हितेन्द्रदेव प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनेका थिए। त्यतिबेला कुलमानको पहिलो कार्यकाल समाप्त भएको थियो।

कुलमान २०७८ साउन २५ गते  दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।   

प्रकाशित मिति: २१:१६ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्