कांग्रेसका जनप्रतिधिको राम्रा कामको प्रचारगर्न गगन थापाको निर्देशन
‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन्। त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यानदिनुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ। संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ।’-1742829093.jpeg)
सुनसरी, चैत ११ : नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचारगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारपनि ध्यान दिनुपर्ने बताए।
‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन्। त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यानदिनुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ। संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ।’
संविधानभित्र रहेर जनताको अपेक्षा पुरागर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनेपर्ने उल्लेख गरे।
महामन्त्री थापाले कांग्रेसकै कारण संघियता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफुले राजद्रोहको मुद्धा लागेको अनुभव सुनाए।
कांग्रेस गणतन्त्र र संघीयताप्रति एक इन्च पनि दायाँबायाँ नहुने थापाले बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकले नेपाललाई संघीयतामा लैजाने निर्णय गरेको बताउँदै उनले त्यसप्रति कांग्रेस दृढ संकल्पित रहेको बताए।
उनले अहिले संघीयता ठीक ढंगले नचलेको उल्लेख गर्दै ठीक ढंगले चलाउन सकिने बताए।

