Kathmandu Press

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पद हटाउने निर्णय गरेकाे हो। 
कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय

काठमाडौं, चैत ११ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पद हटाउने निर्णय गरेको एक मन्त्रीले काठमाडौं प्रेसलाई जानकारी दिए। 

यअसघि गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई स्पष्टीकरण सोधेको थियो। उनले फागुन २५ गते २५ पृष्ठ लामो जवाफ दिएका थिए।

कुलमान २०७८ साउन २५ गते  दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। 

प्रकाशित मिति: २०:४२ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्