Kathmandu Press

काठमाडौं शहर, हेर्दा लाग्छ रहर! [फोटो फिचर]

आज हामी तपाईंलाई तस्बिरबाट काठमाडौंको रात्रिकालीन दृश्य देखाउनेछौं। 
काठमाडौं शहर, हेर्दा लाग्छ रहर! [फोटो फिचर]

काठमाडौंको रात्रिकालीन दृश्यः

साँझ परेपछि आसपाको डाँडामा बसेर काठमाडौं उपत्यकाको दृश्य नियाल्नुभएको छ?

छ भने काठमाडौं रातको समयमा कस्तो देखिन्छ भन्ने कुरामा तपाईंहरू अवगत नै हुनुहोला। 

Hardik ivf

तर, यदी छैन भने आज हामी तपाईंलाई तस्बिरबाट काठमाडौंको रात्रिकालीन दृश्य देखाउनेछौं। 

सवारी साधनको घुइँचो, ठाउँठाउँमा जाम, धुलाम्य सडक र खाल्डाखुल्डी बाटोले दिउँसोको समयमा काठमाडौंका सडकको यात्रा दिक्कलाग्दो हुनु स्वाभाविक हो।

दिनभरि दिक्क भएपनि रातिको समय आसपासका कुनै डाँडामा गएर काठमाडौं नियाल्नुभयो भने दिनभरिको दिक्दारी निमेषभरमै हराउन सक्छ।

खाली सडक, पातला सवारी साधन, झिलिमिली बत्तीले रातको समयमा काठमाडौंको चमक बेग्लै देखिन्छ। त्यो दृश्यले तपाईंको थकान हराउन सक्छ। मन उद्वेलित बन्न सक्छ।

ठूलो सहरमा आँखाले देखेसम्म घरहरू, चौबीसै घन्टा नसुत्ने ठमेल र दरबारमार्ग, धरहरा, बसन्तपुर क्षेत्र, पशुपतिनाथ, त्रिभुवन विमानस्थल  लगायत विभिन्न ठाउहरुको दृश्य नियाल्दा तपाईंको मन शान्त र रोमाञ्चक बन्न सक्छ। 

तस्बिरहरूः

kathmandu-at-night-(6)-ink-1742825593.jpeg

kathmandu-at-night-(2)-ink-1742825588.jpeg

kathmandu-at-night-(3)-ink-1742825588.jpeg

kathmandu-at-night-(1)-ink-1742825588.jpeg

kathmandu-at-night-(4)-ink-1742825588.jpeg

 

प्रकाशित मिति: २०:०९ बजे, सोमबार, चैत ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्