Kathmandu Press

नाउपासँग एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ।
नाउपासँग एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् समितिको बैठक

काठमाडौं,  चैत ११  : जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ।

यही चैत १५ गते शुक्रबार काठमाडौँमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय डा शरदसिंह यादवले राससलाई जानकारी दिए।

उनले भने, 'केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ।' 

जनमतले नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने प्रक्रिया अगाडि बढाएको छ।

बैठकमा त्यसबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

 पार्टी एकता  सकेसम्म चाँडो गर्न दुवै पार्टीको नेतृत्व तहमा सकारात्मक छलफल हुँदै आएको छ।

एकीकृत पार्टीको अध्यक्ष  सिके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहनेगरी छलफल अगाडि बढेको छ। रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षकको भूमिकामा रहने गरी छलफल भइरहेको छ। 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्