Kathmandu Press

सिंहदरबारमा ओली, देउवा र दाहाल छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको केहीबेर अघिबाट छलफल सुरु भएको हो। 
सिंहदरबारमा ओली, देउवा र दाहाल छलफलमा

काठमाडौं, चैत ११ : प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शीर्ष तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको केहीबेर अघिबाट छलफल सुरु भएको हो। 

छलफलमा शीर्ष तीन नेतासहित गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन्। 

संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रियाअघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल हुन थालेको जनाइएको छ।   

छलफलअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेट वार्ता भएको थियो। 


 

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्