Kathmandu Press

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे दाहाल

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अध्यक्ष दाहाल सोमबार अपरान्ह राष्ट्रपति निवास पुगेका हुन्। 
राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे दाहाल
फाइल तस्बिर।

काठमाडौं, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अध्यक्ष दाहाल सोमबार अपरान्ह राष्ट्रपति निवास पुगेका हुन्। 

भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। 

सोमबार साँझ नै संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल हुँदैछ। 

त्यो छलफलअघि दाहाल शीतल निवास पुगेका हुन् 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्